प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणालीमा उक्त परिमाणमा मद बदर भएको हो । 

उनका अनुसार विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत प्रतिशत ५.०६ प्रतिशत थियो भने २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मतको प्रतिशत ५.१८ प्रतिशत थियो । 

विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा ४.९६ प्रतिशत मत बदर भएको थियो । यसैगरी २०६४ साल चैत २८ गते सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा भने ५.१५ प्रतिशत मत बदर भएको थियो । 

आयोगका अनुसार विगतका पाँच वटा निर्वाचनको तुलनामा यसपटक औसतमा कम मत बदर भएको छ । 
 

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ४ : ४९ बजे

नेपाल ट्रष्टको करिब २०० रोपनी जग्गा व्यक्तिको नाममा नामसारी, सयौँ रोपनी निजी प्रयोगमा

काठमाडौं– नेपाल ट्रष्टको सयौँ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको

भरतमोहन पुत्री सांसद लीमाको टिप्पणी : लोकप्रिय कार्यक्रमलाई चुनावी नारा र भोट बैंक बनाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लीमा अधिकारी आचार्यले ०५१

क्रोएसियाको टोलीमा लुका मोड्रिच, चोटमुक्त भए पाँचौं पटक विश्वकप खेल्ने पक्का

क्रोएसिया- चर्चित फुटबलर लुका मोड्रिच सोमबार क्रोएसियाको टोलीमा समावेश भएका

स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च ६८ प्रतिशत 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पुँजीगत खर्च

स्वास्थ्य क्षेत्रमा सुस्त प्रगति, घटेन मातृ मृत्युदर र कुपोषण

काठमाडौं– सरकारको सोह्रौँ योजनाले तय गरेका स्वास्थ्य क्षेत्रका अधिकांश सूचकमा