माउन्टेन ड्युको ‘पिक्स अफ करेज’ अभियानको स्पाइक्स एसियामा ४ अवार्ड जित « Khabarhub

माउन्टेन ड्युको ‘पिक्स अफ करेज’ अभियानको स्पाइक्स एसियामा ४ अवार्ड जित


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माउन्टेन ड्यु नेपालको ‘पिक्स अफ करेज’ अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठित रचनात्मक अवार्ड समारोह ‘स्पाइक्स एसिया’ मा १ ग्रान्ड प्रिक्स, १ सिल्भर र २ ब्रोन्ज गरी कुल ४ वटा अवार्ड प्राप्त गरेको छ ।  

कम्पनीका अनुसार यस अभियानले कम चर्चामा रहेका हिमालहरू र तिनमा लुकेका साहसका प्रेरणादायी कथाहरूलाई उजागर गरेको थियो । कथावाचन, डिजिटल संलग्नता तथा इमर्सिभ ब्रान्ड एक्सपिरियन्सको उत्कृष्ट संयोजनमार्फत ‘पिक्स अफ करेज’ ले हिमाली पहिचानलाई प्रस्तुत गरेको कम्पनीको दाबी छ ।

यस अभियानमा ‘लोकल एक्टिभेसन पार्टनर’ का रूपमा जोडिन पाएकोमा डिजिटल ईनले विशेष महसुस गरेको कम्पनीले जनाएको छ ।  

डिजिटल ईनका संस्थापक तथा कार्यकारी निर्देशक उमङ्ग शाक्यले भने,’यो केवल हाम्रो अभियानको सफलता मात्र होइन, समग्र नेपाली रचनात्मक उद्योगका लागि पनि गौरवको क्षण हो । ‘पिक्स अफ करेज’ को नेपाली कार्यान्वयनमा स्थानीय साझेदारका रूपमा जोडिन पाउनु हाम्रा लागि अत्यन्तै गर्वको विषय हो। स्पाइक्स एसियाजस्तो प्रतिष्ठित मञ्चमा नेपालको अभियानले यस्तो उच्च मान्यता पाउनु नेपाली विज्ञापन जगतका लागि एउटा महत्त्वपूर्ण कोसेढुङ्गा साबित भएको छ, जसलाई हामी सम्पूर्ण टिमले हर्षोल्लासका साथ मनाइरहेका छौँ ।’

 प्राप्त अवार्डहरूको विवरण :

•          ग्रान्ड प्रिक्स – एक्टिभेसन ]

•          सिल्भर – इनोभेसन

•          ब्रोन्ज – क्रिएटिभ डेटा

•          ब्रोन्ज – ब्रान्ड एक्सपिरियन्स

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ४ : ३८ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने