७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध घुस तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दायर गरेको छ।

आयोगले आइतबार एच.के. इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट राजस्व चुहावटसम्बन्धी छानबिनमा सहजीकरण गरिदिने भन्दै अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ।

अनुसन्धानका क्रममा उक्त घुस विभिन्न व्यक्तिको खातामार्फत् बैंक तथा वित्तीय संस्थामा जम्मा गरी स्वरूप परिवर्तन गरिएको खुलेको पनि अख्तियारले जनाएको छ। त्यसलाई कर्जा भुक्तानी तथा जग्गा खरिदमा प्रयोग गरिएको पाइएको आयोगले विशेष अदालतमा दायर गरेको मिसिलमा उल्लेख गरिएको छ।

आयोगका अनुसार घुस रकममध्ये २० लाख रुपैयाँ द कुटि रिसोर्ट प्रा.लि. का म्यानेजिङ डाइरेक्टर देवेन्द्र केसीको खातामा जम्मा गरी रिसोर्टको कर्जा तिर्न प्रयोग गरिएको खुलेको छ।

त्यस्तै ५० लाख रुपैयाँ रवीन्द्र लामिछानेको नाममा भक्तपुरको मध्यपुर थिमीस्थित दिव्यश्वरी आयोजनाभित्रको जग्गा खरिदमा लगानी गरिएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार अधिकारीले सार्वजनिक पदको दुरुपयोग गर्दै घुस लिएर उक्त रकम बैंक खातामार्फत् घुमाई सम्पत्ति शुद्धीकरण गर्ने प्रयास गरेको पुष्टि भएको छ।

यस प्रकरणमा अधिकारीमाथि ७० लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत कारबाही माग गरिएको छ।

त्यस्तै देवेन्द्र केसी र रवीन्द्र लामिछानेमाथि क्रमशः २० लाख र ५० लाख रुपैयाँ बिगो कायम गर्दै मुख्य कसुरदारलाई सहयोग गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घुसबाट खरिद गरिएको जग्गा तथा कर्जा भुक्तानीमा प्रयोग गरिएको रकम जफत गर्नसमेत मागदाबी गरिएको छ।

अनुसार यस घुस प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण दुवै कसुरमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ४ : ५२ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट