गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस « Khabarhub

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गर्ने निर्णय लिएको हो ।

अर्याललाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ ३० गते गृहमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

अर्याल काठमाडौं महानगरपालिमा बालेन्द्र साह मेयर हुँदा कानुनी सल्लाहकार पनि थिए । कानुन व्यवसायी उनी वर्तमान अन्तरिम सरकार बनाउने काममा पनि लागेका थिए ।

यसअघि वर्तमान अर्थमन्त्री रामेश्वर खनाललाई राष्ट्रियसभामा लाने चर्चा थियो । तर प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन खेलेको भूमिकाका आधारमा ओमप्रकाशलाई माथिल्लो सदनमा पठाउने निर्णय गरेकी हुन् ।

यो मन्त्रिपरिषद्मा प्रधानमन्त्रीका भित्रिया विश्वासपात्र उनी नै थिए । बालेन र उनीनिकटहरूले एक समय हटाउने अभियान चलाउँदा पनि प्रधानमन्त्रीले ओमप्रकाशको बचाउ गरेकी थिइन् ।

गत भदौ ३० गते अर्याल गृहमा, ऊर्जामा कुलमान घिसिङ र अर्थमा रामेश्वर खनाल नियुक्त भएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ५ : १३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली