प्रत्यक्षमा आठ सिट जितेको नेकपाले समानुपातिकमा पठायो यी नौ नाम « Khabarhub

प्रत्यक्षमा आठ सिट जितेको नेकपाले समानुपातिकमा पठायो यी नौ नाम


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नौजना उम्मेदवारको नाम सांसदका लागि निर्वाचन आयोगमा पठाएको छ ।

समानुपातिकतर्फबाट ५ पुरूष र ४ महिलासहित नौजनाको नाम सांसदका रुपमा पठाइएको हो । नेकपाले संयोजक प्रचण्ड पक्षका ७ र सह-संयोजक माधवकुमार नेपाल पक्षका दुईजनाको नाम पठाएको हो ।

नेकपा संयोजक प्रचण्डले आफूनिकट बलावती शर्मा, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, पर्शुराम तामाङ, जोगकुमार बर्बरिया यादव, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरालाई प्रतिनिधि सभामा पठाउने निर्णय गरेका छन् ।

उता सह-संयोजक नेपाल पक्ष प्रमेश हमाल र गणेश विश्वकर्मालाई समानुपातिकमा पठाइएको छ । एकीकृत समाजवादीका वरिष्ठ नेता हमाल र सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष प्रतिनिधिसभामा जाने भएका हुन् ।

एकीकृत समाजवादीबाट नेकपामा आएकामध्ये डोल्पाबाट धनबहादुर बुढाले प्रत्यक्षतर्फ चुनाव जितेका छन् । तर संयोजक न नेपाल आफैँले भने चुनाव हारेका छन्।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ५ : ५६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली