राष्ट्रपतिद्वारा सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् ।

नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारको सिफासिरमा नियुक्त सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको हो ।

२०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ वटै प्रदेशका प्रमुख सिफारिस गरेको थियो ।

निर्वाचन पछि २०७४ फागुनमा प्रधानमन्त्री भएका केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि नै देउवा नेतृत्वको सरकारले गरेका निर्णय उल्ट्याएको थियो ।

देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा ३ जनालाई सिफारिस गरेको निर्णय ओली सरकारले फिर्ता लिए पनि प्रदेश प्रमुखको नियुक्ति फिर्ता लिने विषयमा विवाद सिर्जना भएपछि तत्कालका लागि उक्त निर्णय स्थगित गरिएको थियो ।

देउवा नेतृत्वको तत्कालीन सरकारले गरेको सिफारिसका आधारमा प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश नम्बर २ को प्रमुखमा रत्नेश्वर लाल (कायस्थ), प्रदेश नम्बर ३ को प्रमुखमा अनुराधा कोइराला, गण्डकी (४ नम्बर) प्रदेशको प्रमुखमा बाबुराम कुँवर, प्रदेश नम्बर ५ को प्रमुखमा उमाकान्त झा, कर्णाली (६ नम्बर) प्रदेशको प्रमुखमा दूर्गा केशर खनाल र सुदूरपश्चिम (७ नम्बर) प्रदेशको प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ५ : ३१ बजे

बत्तीसपुतलिमा संस्थापन पक्षको भेला 

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ

फुटबल खेलाडीहरूले आफ्नो मेडल एन्फालाई उपहार दिएपछि…

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच

विभिन्न हतियारसहित एक जना पक्राउ

काठमाडौं– तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१

सुदन गुरूङको आक्रोश : गृहमन्त्री ओमप्रकाश अर्यालले अब राजीनामा दिनुपर्छ 

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने जुम्ला