राष्ट्रपतिद्वारा सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त « Khabarhub

राष्ट्रपतिद्वारा सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् ।

नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारको सिफासिरमा नियुक्त सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको हो ।

२०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ वटै प्रदेशका प्रमुख सिफारिस गरेको थियो ।

निर्वाचन पछि २०७४ फागुनमा प्रधानमन्त्री भएका केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि नै देउवा नेतृत्वको सरकारले गरेका निर्णय उल्ट्याएको थियो ।

देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा ३ जनालाई सिफारिस गरेको निर्णय ओली सरकारले फिर्ता लिए पनि प्रदेश प्रमुखको नियुक्ति फिर्ता लिने विषयमा विवाद सिर्जना भएपछि तत्कालका लागि उक्त निर्णय स्थगित गरिएको थियो ।

देउवा नेतृत्वको तत्कालीन सरकारले गरेको सिफारिसका आधारमा प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश नम्बर २ को प्रमुखमा रत्नेश्वर लाल (कायस्थ), प्रदेश नम्बर ३ को प्रमुखमा अनुराधा कोइराला, गण्डकी (४ नम्बर) प्रदेशको प्रमुखमा बाबुराम कुँवर, प्रदेश नम्बर ५ को प्रमुखमा उमाकान्त झा, कर्णाली (६ नम्बर) प्रदेशको प्रमुखमा दूर्गा केशर खनाल र सुदूरपश्चिम (७ नम्बर) प्रदेशको प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ५ : ३१ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते