मुस्लिम ‘मदरसा’मा यसरी घोकाइन्छ संस्कृत (फोटोफिचर) « Khabarhub

मुस्लिम ‘मदरसा’मा यसरी घोकाइन्छ संस्कृत (फोटोफिचर)


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मदरसा भन्ने बित्तिकै इस्लाम धर्मको अध्ययन गराउने शैक्षिक थलोका रुपमा बुझिन्छ । किनकी मदरसामा इस्लामको धार्मिक पुस्तक कुरानको चर्चा संगै अन्य ब्यवहारिक शिक्षाको अध्ययन गराइन्छ ।

तपाईले मदरसामा संस्कृतको पढाइ भएको देख्नु वा सुन्नु भएको छैन होला । अझ मदरसामा सस्कृत पढाई हुन्छ भन्दा पत्याउन नै मुस्किल हुन्छ । तर, भारतको मुरादाबादमा रहेको मदरसामा भने विद्यार्थीलाई संस्कृतको तालिम दिइन्छ, गीताको श्लोक मार्फत पढाईको अर्थ बुझाइन्छ ।

भारतको गोरखपुरमा रहेको दरुल उल्लोम हुँसैनिया मदरसामा विद्यार्थीलाई संस्कृतबाट भारतीय पौराणिक ग्रन्थ र जीवन दर्शनका बारेमा लिने गर्दछन् । उक्त मदरसामा श्रीराम चरितमानस सहित श्रीमद्भागवत गीताको श्लोकमार्फत पढाई हुन्छ ।

इस्लाम धर्म मान्ने विद्यार्थिहरु मात्र अध्ययन गर्ने दरुल मदरसामा राम चरितमानसको सहायताबाट भगवान राम र गीताको मार्फत भगवान श्रीकृष्ण र अर्जुन संवादको चर्चा हुन्छ । अझ यसमा रोचक कुरा के छ भने संस्कृतको अध्यापन थालेपछि विद्यँर्थिहरु निकै रुचिका साथ पढाईमा ध्यान दिएको मदरसाका अध्यापकले बताएका छन् ।

उक्त मदरसामा १ सय ५० भन्दा बढी छात्र शिक्षा ग्रहण गरीरहेका छन् । कक्षा  १२ सम्म अध्ययन हुने सो मदरसामा हरेक छात्रका लागी संस्कृत विषय अनिवार्य छ । मदरसामा संस्कृत शुरु भएपछि विद्यार्थी अभिभावक पनि सन्तुष्ट छन् ।

उनीहरुले संस्कृतको अध्ययनलाई प्रोत्साहित गरेको विद्यँलयका अध्यापक बताउछन् । दरुल मदरसाको उक्त कदमको विश्वभरका हिन्दूहरुले सह्राना गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ६ : २७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक