पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै « Khabarhub

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि ७ गतेसम्म २१औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ हुने भएको छ ।

नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा ‘एक्युरेसी’ विधामा हुने प्रतियोगितामा हालसम्म स्वदेशी तथा विदेशी गरी ९० खेलाडीले नाम दर्ता गराएको आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा सहभागी खेलाडी पोखराको सराङकोटबाट उडान भरेर फेवाताल किनार खपोँदीमा अवतरण गर्नेछन् । कोभिड–१९ महामारी र नेपाल नागरिक उड्डयन प्राधिकरणले विसं २०७८ मा देशभर ‘सोलो’ उडानमा रोक लगाएका कारण २०औँ संस्करणसम्म भएको च्याम्पियनसिप स्थगित भएको थियो ।

पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान प्याराग्लाइडिङका खेलाडी निशिम थापाको दुर्घटनामा निधन भएपछि प्राधिकरणले सोलो उडान रोक लगाएपछि प्रतियोगिता स्थगित भएको संयोजक भट्टराईले बताए । नेपालले १८औँ एसियाली खेलकुदमा प्याराग्लाइडिङमा रजत पदक जित्न सफल भएको थियो ।

नेपाल च्याम्पियनसिपको निरन्तरताका कारणले नै देशले खेलकुदमा सो उपलब्धि हासिल गरेको र प्रतियोगिताले मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले बताए ।

“खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्यको आर्थिक समृद्धिमा टेवा पुर्याउन तथा नेपाली प्याराग्लाइडिङ खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य हो”, उनले भने, “अहिलेको विषम अवस्थामा देशको पर्यटन क्षेत्रलाई यस प्रतियोगिताले केही हदसम्म भए पनि माथि उठाउन सक्ने विश्वास लिएका छौँ ।”

च्याम्पियनसिपबाट छनोट भएका खेलाडीहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका प्याराग्लाइडिङ प्रतियोगिताहरूमा भाग लिन सक्नेछन् । यसैगरी यस खेलबाट आसन्न १०औँ राष्ट्रिय खेलकुदका लागि प्याराग्लाइडिङ विधाका गण्डकी प्रदेशस्तरीय खेलाडीसमेत छनोट गरिने अध्यक्ष केसीले बताए ।

च्याम्पियनसिपमा पुरुषतर्फको एक्युरेसी विधामा च्याम्पियन हुनेले रु एक लाख ५० हजार मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यसैगरी द्वितीय हुनेले रु एक लाख र तृतीय हुनेले रु ५० हजार पुरस्कार पाउनेछन् । महिलातर्फ च्याम्पियनले रु ७५ हजार, द्वितीयले रु ५० हजार र तृतीयले रु २५ हजार पुरस्कार पाउनेछन् ।

त्यसैगरी, टिम ओभरअल विधामा पहिलो हुनेले रु ७५ हजार, द्वितीयले रु ५० हजार र तृतीयले रु २५ हजार पुरस्कार पाउने नाका महासचिव बलराम आचार्यले जानकारी दिनुभयो । च्याम्यिनसिपमा मौसमको अवस्था महत्त्वपूर्ण हुने भएकाले उडान अघि आधिकारिक मौसम पूर्वानुमान अध्ययन गरेर मात्र खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

खेलाडीहरूलाई हावाको दिशा, तापक्रम, थर्मल गतिविधि तथा सम्भावित जोखिमबारे जानकारीसहितको ब्रिफिङ गरिने र कार्यक्रमस्थलमा आवश्यक मात्रामा स्वयंसेवक, आकस्मिक उद्धार टोली सशस्त्र प्रहरी बल र नेपाली सेना मोटरबोटसहित आवश्यक उद्धार उपकरणसहित तैनाथ गरिने अध्यक्ष केसीले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ८ : २३ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको