नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण « Khabarhub

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको छ ।

 सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरका प्रमुख डा नारायण सुवेदीका अनुसार करिब रु १७ करोड लागतमा तटबन्ध निर्माण सुरु गरिएको हो । फागुनको अन्तिम साताबाट सुरु भएको सो तटबन्ध निर्माणको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले सोमबार स्थलगत अनुगमन गरेकी हुन् । 

निरीक्षणका क्रममा सचिव दवाडीले नारायणी नदी किनारमा रहेको सुस्ताको संरक्षण सरकारको उच्च प्राथमिकतामा रहेको बताइन् ।

‘सुस्ता क्षेत्रको संरक्षणका लागि सरकारले प्राथमिकताका साथ काम अघि बढाएको छ,’ उनले भनिन्, ‘यहाँ भइरहेको सरकारी लगानीको अवस्था बुझ्न स्थलगत अनुगमनमा आएकी हुँ ।’

आयोजना प्रमुख सुवेदीले वर्षायाम अगावै काम सम्पन्न गर्ने लक्ष्यका साथ फिल्डमै अस्थायी कार्यालय स्थापना गरी २४ घण्टा कर्मचारीको निगरानीमा काम भइरहेको जानकारी दिए ।

अनुगमनका क्रममा सचिव दवाडीले आयोजनाको कामप्रति प्रशंसा गर्दै तटबन्ध निर्माण समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । 
 

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १२ : ०२ बजे

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय