प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद « Khabarhub

प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचनबाट ३४ दशमलव ९ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ६ वटा पार्टीबाट ९६ जना महिला पुगेका हुन् । जसमा १४ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका १३ जना र नेपाली कांग्रेसका १ गरी १४ जना महिला प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिएका हुन् ।

८२ जना भने समानुपातिकतर्फबाट निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४८ जना महिला समानुपातिकतर्फबाट सांसद बनेका छन् । जसमा अपांगता भएका व्यक्तिसहित आदिवासी जनजाति क्लष्टरबाट १३, पिछडिएको क्षेत्रसहित खसआर्यबाट १६, दलित ७, थारु २ र मधेसीबाट १० गरी ४८ जना समानुपातिक सांसदका रूपमा छानिएका हुन् ।

नेपाली कांग्रेसले समानुपातिकतर्फका २० मध्ये १५ जना महिलालाई सांसद बनाएको छ । जसमा आदिवासी जनजातिबाट ४, खसआर्यबाट ४, थारु १, दलित ३, मधेसी २ र मुस्लिम एकजना परेका छन् ।

नेकपा एमालेले १६ जना समानुपातिक सांसदमध्ये १० जना महिला पठाएको छ । जसमा आदिवासी जनजाति २, पिछडिएको, अपांगता भएको व्यक्ति, खसआर्यमा १, दलिततर्फ २, मधेसी क्लस्टरमा २ र मुस्लिममा १ गरी १० जना महिला समानुपातिकमा परेका हुन् ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीले नौजना समानुपातिक सांसदमध्ये चारजना महिला पठाएको छ । जसमा खसआर्य १, आदिवासी जनजाति १, दलित १ र थारु एकजना परेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका चारजना समानुपातिक सांसदमध्ये दुईजना महिला छन् । यस्तै श्रम संस्कृति पार्टीले चारजना समानुपातिक सांसदमध्ये तीनजना महिला पठाएको छ ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक गरी ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने प्रावधान छ ।

राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिलालाई प्राथमिकतामा नराख्दा समानुपातिकबाट समेट्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ९ : ०९ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको