साताको पहिलो दिन नै नेप्से घट्यो « Khabarhub

साताको पहिलो दिन नै नेप्से घट्यो


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.८८ विन्दुले घटेर एक हजार १३९.२९ विन्दुमा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २५०.४६ विन्दुमा ओर्लेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६१ कम्पनीका सात लाख ८४ हजार ७४० कित्ता शेयर रु १७ करोड ५५ लाख ४४ हजार ४७२ मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज सामूहिक लगानी कोषकोबाहेक अरु सबै उपसमूहका शेयर ओरालो लागेका छन् । सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ । यस्तै बैंकिङ ६.७८, होटल ४.२२, विकास बैंक १.५८, जलविद्युत् २.४९, वित्त २.५, निर्जीवन बीमा ३२.२५, उत्पादन ३७.३५, अन्य ५.२९, लघुवित्त ३ र जीवन बीमा २६.०७ विन्दुले घटेको छ ।

कारोवारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु एक करोड ५२ लाख ४५ हजार ८९३ मूल्यमा कारोवार भयो । यस्तै देवः विकास बैंक रु एक करोड ४३ लाख ७८ हजार ८००, मेगा बैंक रु ७९ लाख ४९ हजार ४५२, नवील बैंक रु ६० लाख ७२ हजार १०७ र नेपाल बैंक रु ५१ लाख ८२ हजार ६४७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनआइसी एशिया ग्रोथ फण्ड ४.५२, बरुण हाइड्रोपावर ४.४०, चिलिमे जलविद्युत् कम्पनी २.९१, पाँचथर पावर २.३१ र रैराङ हाइड्रोपावरका शेयरधनीले दुई प्रतिशतले कमाए । त्यस्तै, मेगा बैंक ५.४४, आँखु खोला जलविद्युत् कम्पनी ५.२६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ५.०६, युनाइटेड मोदी ४.७६, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ४.०६ र प्रिमियर इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३.८१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ४५ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी

विभिन्न विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३२ वटा विपद्का घटना दर्ता भएका

अफगान प्रहरीले महिलामाथि गरेको दमनको राष्ट्रसङ्घीय विज्ञद्वारा निन्दा

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको समूहले अफगानिस्तानको पश्चिमी सहर

कुमारी बैंकद्वारा ‘रियल टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

काठमाडौं– कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी, नेपालीको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता

नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा