साताको पहिलो दिन नै नेप्से घट्यो | Khabarhub Khabarhub

साताको पहिलो दिन नै नेप्से घट्यो


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.८८ विन्दुले घटेर एक हजार १३९.२९ विन्दुमा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २५०.४६ विन्दुमा ओर्लेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६१ कम्पनीका सात लाख ८४ हजार ७४० कित्ता शेयर रु १७ करोड ५५ लाख ४४ हजार ४७२ मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज सामूहिक लगानी कोषकोबाहेक अरु सबै उपसमूहका शेयर ओरालो लागेका छन् । सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ । यस्तै बैंकिङ ६.७८, होटल ४.२२, विकास बैंक १.५८, जलविद्युत् २.४९, वित्त २.५, निर्जीवन बीमा ३२.२५, उत्पादन ३७.३५, अन्य ५.२९, लघुवित्त ३ र जीवन बीमा २६.०७ विन्दुले घटेको छ ।

कारोवारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु एक करोड ५२ लाख ४५ हजार ८९३ मूल्यमा कारोवार भयो । यस्तै देवः विकास बैंक रु एक करोड ४३ लाख ७८ हजार ८००, मेगा बैंक रु ७९ लाख ४९ हजार ४५२, नवील बैंक रु ६० लाख ७२ हजार १०७ र नेपाल बैंक रु ५१ लाख ८२ हजार ६४७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनआइसी एशिया ग्रोथ फण्ड ४.५२, बरुण हाइड्रोपावर ४.४०, चिलिमे जलविद्युत् कम्पनी २.९१, पाँचथर पावर २.३१ र रैराङ हाइड्रोपावरका शेयरधनीले दुई प्रतिशतले कमाए । त्यस्तै, मेगा बैंक ५.४४, आँखु खोला जलविद्युत् कम्पनी ५.२६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ५.०६, युनाइटेड मोदी ४.७६, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ४.०६ र प्रिमियर इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३.८१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ४५ बजे

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य

भक्तपुर – मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको

द क्लिफमा हाइलाइन अभ्यास

काठमाडौं- पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन

नागरिक समूहको अध्यक्षमा दाहाल

काठमाडौं– सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि

रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु