आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ « Khabarhub

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता बीचको दूरी खतरनाक रूपमा बढिरहेको भन्दै आफ्ना सांसदहरूलाई सचेत रहन आग्रह गरेका छन्।

पार्टीको अभिमुखीकरण कार्यक्रम समापनका क्रममा सम्बोधन गर्दै उनले चुनावका बेला मात्र जनता सम्झिने प्रवृत्तिले जनविश्वास घट्दै गएको बताए। यस्तो अवस्था कायमै रहे भविष्यमा जनताले नेताको अभिवादनसमेत स्वीकार नगर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिएका हुन्।

‘नेतृत्व र जनता बीचमा ठूलो खाडल छ। कयौँ नेताहरूसँग जनता नजिक हुनै चाहँदैनन्। किनभने उनीहरूलाई यो आफ्नो मान्छे हो भन्ने नै लाग्दैन। आज घर घरमा हामी जनतालाई नमस्कार गर्न पुगेका छौं, भोलि तिनलाई गरेको नमस्कार पनि नफर्काउने ठाउँमा तपाईँ हामी पुग्न सक्छौं’ उनले भने।

उनले सांसदहरूलाई जनतासँग निरन्तर जोडिएर काम गर्न र विश्वास जित्ने गरी पाँच वर्ष काम गर्न निर्देशन दिए।

‘त्यो हुनुहुँदैन भोलि त्यस्तो नेतृत्व हामीले खोजेको होइन। तपाईँहरूको निधारको अवीर पनि कतिको त नुहाउँदा पनि गएको छैन। कतिपय अहिले पनि अबिर माला लगाइरहनुभएको छ हो त्यस्तै सेलिब्रेसन नेपाली जनताले अबको पाँच वर्ष प्रत्येक दिन गर्नेगरी तपाईँले काम गर्नुपर्छ। माननीय भयो भनेर केक काट्नुभयो होला सेलिब्रेसन गर्नुभयो होला खानपिन गर्नुभयो होला। त्यस्तै उत्सव जनताले पाँच वर्ष मनाउनुपर्छ तपाईँलाई चुनेकोमा मलाई चुनेकोमा।’

लामिछानेले यो पाँच वर्षलाई सामान्य रूपमा नलिन पनि आग्रह गर्दै परम्परागत ढंगले राजनीति गर्ने प्रवृत्तिबाट टाढा रहन सुझाए।

‘यो पाँच वर्षलाई सामान्य अन्य चुनावहरूमा चुनेको जस्तै नसोच्नुस्। राजनीति यसैगरी चल्छ भनेर काहीँ कतै मानिसहरू त्यही ढंगले लागेका छन्। तर त्यसका पछि नलाग्नुस्।’

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  २ : ३६ बजे

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच