प्रहरीका हत्या आरोपी ३ जनालाई इरानमा फाँसी दिइयो « Khabarhub

प्रहरीका हत्या आरोपी ३ जनालाई इरानमा फाँसी दिइयो


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानमा गत जनवरीमा भएको सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा ३ जनालाई फाँसी दिइएको छ।

समाचारअनुसार उनीहरूलाई दुईजना प्रहरी अधिकारीको हत्या गरेको घटनामा दोषी ठहर गरिएको थियो। अल जजिराले इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

यस वर्षको सुरुवातमा इरानभर ठूला विरोध प्रदर्शन भएका थिए, जसमा व्यापक हिंसा पनि भएको थियो। रिपोर्टअनुसार ती प्रदर्शनका क्रममा करिब ३ हजार ११७ जनाको मृत्यु भएको थियो ।

तर ह्यूमन राइट्स एक्टिविस्ट्स न्यूज एजेन्सीका अनुसार मारिनेको वास्तविक संख्या अझ धेरै हुन सक्छ। उनीहरूका अनुसार हालसम्म ६ हजार ८५४ जनाको मृत्यु पुष्टि भइसकेको छ । ११ हजार २८० भन्दा बढी घटनाको अनुसन्धान अझै जारी छ।

लेबनानमा इजरायली आक्रमण, दुई दिनमा ४५ जनाको मृत्यु

उता लेबनानमा पछिल्ला दुई दिनमा इजरायलले गरेको आक्रमणमा ४५ जनाको मृत्यु भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले यो जानकारी दिएको हो।

राजधानी बेरूतमा सबैभन्दा बढी क्षति भएको छ। यहाँ ११ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्, जसमा १४ जना बालबालिका रहेका छन्। देशका अन्य विभिन्न क्षेत्रमा इजरायलले अन्धाधुन्ध आक्रमण गर्दा थप जनधनको क्षति भएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  १२ : ०९ बजे

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति

साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार०का लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६

आज २०८३ साल साउन २५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६