निर्वाचन प्रणाली सुधारमा नयाँ संसद गम्भीर हुनेमा आयुक्त भण्डारीको विश्वास « Khabarhub

निर्वाचन प्रणाली सुधारमा नयाँ संसद गम्भीर हुनेमा आयुक्त भण्डारीको विश्वास


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले नवनिर्वाचित सदस्यहरूलाई स्वागत गरे। आयोगका सचिव तथा समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले प्रमाणपत्र वितरण गरे।

कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले संविधानअनुसार निर्वाचन प्रणाली सुधार गर्न नयाँ संसद् गम्भीर हुने विश्वास व्यक्त गरे।

उनले २०८४ मा हुने स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै आवश्यक कानुन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए। साथै प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकै समयमा गर्न सके खर्च कटौती हुने पनि उनको भनाइ थियो।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी बाट ५७ जना सांसद निर्वाचित भएका छन् । त्यसैगरी नेपाली कांग्रेस बाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १६, नेपाल कम्युनिष्ट पार्टी बाट ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट चार–चार जना सांसद निर्वाचित भएका छन् ।

यसअघि आयोगले चैत २ गते नै समानुपातिकतर्फको नतिजा सार्वजनिक गरिसकेको थियो । प्रत्यक्षतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टी १२५, कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति पार्टी ३ तथा राप्रपा र स्वतन्त्र उम्मेदवार १–१ स्थानमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  २ : ४६ बजे

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति

साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार०का लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६

आज २०८३ साल साउन २५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६