काठमाडौंमा २७ औँ ‘फ्लोरा एक्स्पो’ सुरु « Khabarhub

काठमाडौंमा २७ औँ ‘फ्लोरा एक्स्पो’ सुरु


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ ।

‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सुरु भएको एक्सपो यही चैत ८ गतेसम्म भृकटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुने जनाइएको छ ।

मेलाको उद्‌घाटन गर्दे बागमती प्रदेश, कृषि तथा पशुपक्षी विकासमन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायलाई परिस्कृत बनाउन थप कार्यक्रम र नीतिगत सुझाव पाएमा प्रदेश सरकार सहयोगका लागि सधैँ तत्पर रहने बताए। 

उनले भने, ‘यो प्रतिस्पर्धी व्यवसाय हो । यसलाई प्रविधियुक्त बनाउन आवश्यक छ । पुराना बिरुवालाई संरक्षण र नयाँलाई प्रवर्द्धन गर्न आवश्यक देखिन्छ ।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पुष्प व्यवसाय रोजगारी र समृद्धिको महत्वपूर्ण क्षेत्र भएको बताए। 

एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले हाल ५२ जिल्लामा लगभग २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको जानकारी दिए । उनले पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ५३ हजार ५०० भन्दा बढी जनशक्ति रोजगार रहेको बताए । उनले पुष्प तथा पुष्पजन्य वस्तु आदिमा नीतिगत समस्या हुँदा पुष्प व्यवसायीले सयममा आवश्यक बीउबिजन तथा बिरुवा आयात गर्न नसकेको गुनासो राखे। 

उनका अनुसार एक्स्पो अवधिमा करिब ६० हजार अवलोकनकर्ता आउने र एक करोड २० लाख रुपैयाँ बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ । एक्सपोमा ६५ वटा स्टल छन् । 

एक्सपोमा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारिक बोट बिरुवा, कट फ्लवार, ड्राइ फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, थोपा सिँचाइ प्रविधि, आधुनिक पुष्पखेती प्रविधि, जैविक विषादी, विभिन्न प्रकारका गमला, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष रहेका छन् ।

पुष्प व्यवसायको विकास, विस्तार तथा प्रर्वद्धनको लागि फ्लोरिकल्चर एसोसिएसन नेपालले २०५१ सालदेखि निरन्तर रुपमा हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रियस्तरको पुष्प मेला गर्दै आएको छ ।
 

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ४ : ३३ बजे

प्रतिनिधिसभा बैठक : जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि

रास्वपा सांसद कृष्णकुमारलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)

खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु

खोटाङ– खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने