चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु « Khabarhub

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा १७ जनाको मृत्यु भएको चाडका सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गासिम चेरिफ महामतले बिहीबार विज्ञप्ति मार्फत बताएका छन् ।

बुधबार भएको आक्रमणमा अन्य मानिसहरु घाइते भएकासमेत प्रवक्ता महामतले बताएका छन् । सुडानी द्वन्द्वका कारण दुई देशबीचको सीमा बन्द गर्ने कडा चेतावनीको बावजुद, चाडको क्षेत्रमा रहेको टिने जागराबाको इलाकामा ड्रोन आक्रमणको लक्ष्य बनेको उनले बताएका छन् ।

सुडानी इलाकामा सरकारले रक्षा तथा सुरक्षा व्यवस्थालाई बलियो बनाएको जनाउदै अन्तर्राष्ट्रिय कानूनको  कडा अनुपालन गरेको महामतले बताए ।

चाडका राष्ट्रपति महामत इद्रिस डेबी इट्नोले विज्ञप्ति जारी गर्दै घातक ड्रोन आक्रमण पछि आपतकालीन सुरक्षा बैठक बोलाएर सीमालाई ‘पूर्ण रूपमा बन्द’ गर्ने आदेश दिए। यसै बीच उनले सेनालाई सुडानबाट हुने कुनै पनि आक्रमणको जवाफ दिन आदेश दिएका छन् ।

चाड र सुडानवीचको एक हजार ३०० किलोमिटर झरझरा सीमा क्षेत्र सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बलहरू बिचको लडाइँ पछि सन् २०२३ देखि निरन्तरको द्वन्द्वको मारमा परेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ५ : ३७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली