प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो « Khabarhub

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार गरेका छन्।

बिहीबार राति आयोजित पत्रकार सम्मेलनको सुरुवातमै उनले भने, ‘म सबैभन्दा पहिले भन्न चाहन्छु कि म जिउँदै छु र तपाईंहरू यसका साक्षी हुनुहुन्छ।’ उनले आफूबारे फैलाइएका ‘फेक न्युज’को खण्डन पनि गरे।

नेतन्याहूले थपे, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका र इजरायलले आफ्नो अभियानलाई निकै मजबुत रूपमा अघि बढाइरहेका छन्।’

यसअघि मार्च १३ मा नेतन्याहूको एक्स (ट्विटर) खाताबाट सार्वजनिक गरिएको भिडियोबारे पनि सामाजिक सञ्जालमा विवाद भएको थियो। उक्त भिडियोमा उनले इरानको आक्रमणबारे जानकारी दिएका थिए। तर केही प्रयोगकर्ताले उक्त भिडियो एआईबाट बनाइएको भन्दै नेतन्याहूको मृत्यु भइसकेको दाबी गरेका थिए।

यसपछि इजरायली प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै नेतन्याहुको मृत्यु सम्बन्धी सबै दाबी गलत भएको स्पष्ट पारेको थियो।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ९ : २५ बजे

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि