प्रदेश प्रमुखहरु छान्न नेकपा सचिवलय बैठक बस्दै « Khabarhub

प्रदेश प्रमुखहरु छान्न नेकपा सचिवलय बैठक बस्दै


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

सातवटा प्रदेशका प्रमुखको चयनका लागि सत्तारुढ नेकपा सचिवलाय बैठक बस्न लागेको हो ।

आइतवार बसेको नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखहरुको नाममा सहमति जुट्न नसकेपछि बेलुकाका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक पछाडि सरेको थियो ।

आज बस्ने नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएपछि मन्त्रिपरिषद् बैठक बस्ने र प्रदेश प्रमुखहरुको नियुक्तीको तयारी गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो । तत्कालिन कांग्रेसको सरकार भएको बेलामा प्रदेश प्रमुखहरु नियुक्त भएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : २८ बजे

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ – मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

परम्परागत खेती छाडेर सुन्तला बगान, घरमै पुग्छन् ठेकेदार

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर – कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ

नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

बाँके – नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको