प्रतिनिधिसभाको बैठक आज बस्दै « Khabarhub

प्रतिनिधिसभाको बैठक आज बस्दै


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संघीय संसदको प्रतिनिधिसभा बैठक आज (शनिबार) बोलाइएको छ । दिउँसो २ बजे बस्ने बैठकमा विभिन्न ३ विधेयक प्रस्तुत हुने कार्यतालिका छ ।

संघीय संसदका महासचिव मनोहप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पति भएका तीन विधेयक सम्बन्धी राष्ट्रियसभाबाट प्राप्त सन्देश टेकुल गर्ने कार्यतालिका छन् ।

योगीले निवृत्तिभरण कोष विधेयक २०७५, केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ र नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ टेबुल गर्ने भट्टराईले जानकारी दिए ।

यसअघि प्रतिनिधिसभाको शुक्रवारको वैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शुक्रवारको बैठक स्थगित भएको हो ।

यसअघि बिहीबार बस्ने भनिएको वैठक मन्त्री अधिकारीसहित ७ जनाको निधन हुने गरी भएको हेलिकोप्टर दुर्घटनाका कारण शुक्रवार बस्ने गरी सूचना टाँस गरी स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १० : ४३ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)