प्रहरीले नै सार्वजनिक गर्‍यो यौन दुर्व्यवहारको सीसीटिभी फुटेज !  « Khabarhub

प्रहरीले नै सार्वजनिक गर्‍यो यौन दुर्व्यवहारको सीसीटिभी फुटेज ! 


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अस्ट्रेलियाको सिड्नीमा यौन दुर्व्यवहार भएको सिसिटिभी फुटेज प्रहरीले सार्वजनिक गरेको छ । दुर्व्यवहार गर्ने पुरुषको पहिचानका लागि उक्त भिडियो सार्वजनिक गरिएको प्रहरीले जनाएको हो ।

एनएसडब्ल्यू प्रहरीले सार्वजनिक गरेको फुटेजमा युवतीमाथि एक पुरुषले यौन दुर्व्यवहार गरेका छन् । केही दिन अघि सार्वजनिक भएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  क्लवबाट आएकी ती युवती आफ्नो साथीहरूबाट अलग भएपछि उनीमाथि हमला भएको भिडियोमा देखाइएको छ ।

सार्वजनिक भिडियोमा युवतिलाई तानेर एक गल्लीतिर लगेको देखिएको छ । घटना गत आइतबार बिहान २ः३० बजेको समयमा भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार २२ वर्षीया सिड्नीकी युवतीसँग पुरुषले नजिक हुन खोजेका थिए । त्यसपछि ती महिला र पुरुष केहीसमय सँगै हिडेर केही अघि बढेपछि उक्त पुरुषले युवतीमाथि दुर्व्यवहार गरेका थिए ।

ती युवतीले आफ्नो साथीलाई बोलाएर घटनाको विषयमा प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले ती पुरुष भारतीय उपमहाद्वीपतिरको हुनसक्ने अनुमान गरेको छ । उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : ०० बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै