प्रहरीले नै सार्वजनिक गर्‍यो यौन दुर्व्यवहारको सीसीटिभी फुटेज !  « Khabarhub

प्रहरीले नै सार्वजनिक गर्‍यो यौन दुर्व्यवहारको सीसीटिभी फुटेज ! 


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अस्ट्रेलियाको सिड्नीमा यौन दुर्व्यवहार भएको सिसिटिभी फुटेज प्रहरीले सार्वजनिक गरेको छ । दुर्व्यवहार गर्ने पुरुषको पहिचानका लागि उक्त भिडियो सार्वजनिक गरिएको प्रहरीले जनाएको हो ।

एनएसडब्ल्यू प्रहरीले सार्वजनिक गरेको फुटेजमा युवतीमाथि एक पुरुषले यौन दुर्व्यवहार गरेका छन् । केही दिन अघि सार्वजनिक भएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  क्लवबाट आएकी ती युवती आफ्नो साथीहरूबाट अलग भएपछि उनीमाथि हमला भएको भिडियोमा देखाइएको छ ।

सार्वजनिक भिडियोमा युवतिलाई तानेर एक गल्लीतिर लगेको देखिएको छ । घटना गत आइतबार बिहान २ः३० बजेको समयमा भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार २२ वर्षीया सिड्नीकी युवतीसँग पुरुषले नजिक हुन खोजेका थिए । त्यसपछि ती महिला र पुरुष केहीसमय सँगै हिडेर केही अघि बढेपछि उक्त पुरुषले युवतीमाथि दुर्व्यवहार गरेका थिए ।

ती युवतीले आफ्नो साथीलाई बोलाएर घटनाको विषयमा प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले ती पुरुष भारतीय उपमहाद्वीपतिरको हुनसक्ने अनुमान गरेको छ । उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : ०० बजे

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड

काठमाडौँ– नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध

नयाँ सभ्यताको मोडमा नेपाल-भारत सम्बन्ध

म कूटनीतिमा दख्खल राख्ने व्यक्ति होइन । यो लेख मैले

बीपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

काठमाडौँ– सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बीपी