नबिलले दियो मानवसेवा आश्रमलाई अटो « Khabarhub

नबिलले दियो मानवसेवा आश्रमलाई अटो


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ । आश्रममा शुक्रबार आयोजित कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त अटो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई सेवा वाहन हस्तान्तरण गरेको जनाइएको छ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनकपुरस्थित आश्रमका अभिभावक पवन सिंघानियाले आश्रमको सेवाप्रवाह तथा दैनिक कार्य गर्न कठिनाइ भइरहेको अवस्थामा बैंकबाट प्राप्त सेवा वाहनका कारण थप सहज हुनेमा विश्वास व्यक्त गरे ।

बैंकका सिइओ ज्ञवालीले सडक आश्रित मानवहरूको उचित व्यवस्थापनका लागि आश्रमले गरेको कार्य सराहनीय भएको बताए ।

उनले मानवजातिका सेवा र हितसँग जोडिएका हरेक काम गर्न नबिल बैंक सधै तयार रहेको उल्लेख गर्दै मानवसेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व वहन गर्नु जस्तै भएकाले भविष्यमा पनि यस्ता कार्यका लागि साझेदारी गर्न बैंक तयार रहेको धारणा राखे ।

मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले सेवा वाहन (अटो) को अभावमा जनकपुरमा रहेको आश्रममा दैनिक कार्य गर्न तथा लक्षित मानवहरुलाई सेवा दिन कठिन भइरहेको अनुभव सुनाए । यस्तो अवस्थामा नबिल बैंकद्वारा सहयोगस्वरुप प्राप्त सेवा वाहनबाट उक्त सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने उनले बताए ।

‘सडक आश्रित मानवको उद्धार तथा आश्रममा दिने दैनिक सेवा तथा सहयोगमा समस्या बेहोरिरहेका थियौं । सेवा वाहन (अटो) प्राप्त भएपछि यो सेवालाई सहज बनाउन सकिने विश्वास लिएका छौं । यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौं,’ उनले भने ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  २ : ३१ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक