प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै जित हासिल गरेको छ ।

काठमाडौंको मूलपानिस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गर्दै जित हासिल गरेको हो । 

२७२ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २०० रनमै समेटियो ।

बागमतीका लागि विवेक मगरले ३४ रन बनाए भने उत्तम मगरले २६ रनको योगदान दिए । त्यस्तै सुवास खत्रीले २७ रन तथा रिजन ढकाल अविजित २० रन जोडे । 

बलिङतर्फ एपीएफका रोहित पौडेल र अभिषेक गौतम ले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए । साथै युवराज खत्री, नन्दन यादव र कमल ऐरीले समान एक एक  विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रनको योगफल तयार पारेको थियो । एपीएफका लागि आसिफ शेखले सर्वाधिक ११४ रनको योगदान दिए । उनले १४ चौका र ३ छक्काको सहयोगमा ११४ रनको योगदान दिएका हुन । 

त्यस्तै  सन्दीप जोराले ५२ रनको महत्त्वपूर्ण योगदान दिए। लोकेश बमले २९ रन, युवराज खत्रीले अविजित २६ रन बनाए भने कप्तान रोहित पौडेलले ९ रन जोडे बलिङतर्फ बागमतीका रिजन ढकालले चार विकेट लिए भने इसान पान्डेले दुई विकेट झारे । त्यस्तै सन्दिप लामिछाने र सोनु देवकोटाले समान एक एक विकेट लिए ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ । 

हिजोदेखि सुरुआत भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु १० लाख पाउँदा उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । 
 

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ६ : २० बजे

 नारायणी नदीको तटीय क्षेत्रमा सतर्क रहन माइकिङ गर्दै प्रहरी

काठमाडौं– रसुवामा आएको बाढीका कारण त्रिसुली हुँदै नारायणी नदीको बहाव

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित