अर्थसंक्षेप : महिनामा झण्डै १५ खर्बको वैदेशिक व्यापार, आयात १२ प्रतिशतले बढ्यो, नेपाली भूभाग लिपुलेकबाट चीनसँग व्यापार थाल्दै भारत र ५४ अंकले उकालोतिर सेयर बजार « Khabarhub

अर्थसंक्षेप : महिनामा झण्डै १५ खर्बको वैदेशिक व्यापार, आयात १२ प्रतिशतले बढ्यो, नेपाली भूभाग लिपुलेकबाट चीनसँग व्यापार थाल्दै भारत र ५४ अंकले उकालोतिर सेयर बजार


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब ५९ करोड बढीको कारोबार

साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।

आज नेप्से परिसूचक ५४ दशमलव ५१ अङ्क अर्थात् एक दशमलव ८९ प्रतिशतले बढेर दुई हजार ९३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न ३६४ कम्पनीका छ करोड १४ लाख सात हजार ७४ कित्ता शेयर दुई लाख चार हजार ९५५ पटक खरिदबिक्री हुँदा रू २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लघुवित्त समूह चार दशमलव २१ प्रतिशतले बढेको छ ।

नबिल बैंकद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन 

नेपालमा सरकार फेरिँदै गर्दा लिपुलेक नाकाबाट चीनसँग व्यापार थाल्दै भारत

नेपालमा सरकार फेरबदल प्रक्रिया अघि बढिरहँदा भारतले आगामी जुनदेखि नेपाली भूमि लिपुलेक भञ्ज्याङ हुँदै चीनसँग सीमा व्यापार थाल्ने तयारी गरेको छ।

फागुन २१ गते चुनाव भएर नेपालको अन्तरिम सरकार बिदा हुनै लागेका बेला दुई ठूला छिमेकीबीच यो प्रक्रिया अघि बढेको हो। नेपालमा नयाँ सरकार आउन अझै एक साता लाग्ने देखिएको छ। बालेन्द्र साह नेतृत्वको सरकारले भारत र चीनको यो कदमबारे के प्रतिक्रिया दिन्छ प्रतिक्षा गर्नुपर्ने भएको ।

सन् २०२० मा कोभिड-१९ महामारीका कारण बन्द भएको यो व्यापारिक मार्ग ६ वर्षपछि खोल्न लागिएको टाइम्स अफ इन्डियाले प्रकाशित गरेको समाचारमा भनिएको छ।

नबिलले दियो मानवसेवा आश्रमलाई अटो

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : ०१ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०