इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग « Khabarhub

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई तत्काल मुक्त गराई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ।

ललितपुरको सानेपामा चैत ६ देखि ८ गतेसम्म चलेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले झाको सुरक्षित रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो। उनी यूएईबाट जहाजमा तेल लिन गएका इरानी सेनाको नियन्त्रणमा परेका हुन् ।

मध्यपूर्वमा चर्किएको युद्धका कारण त्यहाँ रहेका लाखौँ नेपालीहरूको सुरक्षा अवस्थाप्रति कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ।

प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा विश्वशान्तिको अपरिहार्यतालाई महसुस गर्दै युद्धको अन्त्य हुने अपेक्षा गरिएको छ।

साथै, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरू असुरक्षित रहेकाले उनीहरूको आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र जोखिममा परेका नागरिकहरूलाई उद्धार गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १० : ५५ बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी