एट्लेटिको माथि रियल म्याड्रिडको रोमाञ्चक जित « Khabarhub

एट्लेटिको माथि रियल म्याड्रिडको रोमाञ्चक जित


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गएराति भएको खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक जित निकालेको छ ।
म्याड्रिड डर्बीको पहिलो हाफमा सुरुवाती अग्रता लिएको एट्लेटिको अन्तिममा पछाडि परेको हो । उसका लागि एडेमोला कुलमानले ३३ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेलको ५२ औँ मिनेटमा भिनिसियसले खेल बराबरीमा फर्काएका थिए । त्यसको केही समय अर्थात् खेलको ५५ मिनेटमा फेडेरिको भाल्भर्डेको गोलमा रियलले २–१ को अग्रता लिएको थियो ।

एट्लेटिकोको लागि खेलको ६६ औँ मिनेटमा नहुएल मेलिनाको प्रहार गोलमा परिणत हुँदा खेल फेरि बराबरीमा फर्किएको थियो । तर त्यसको ६ मिनेट अर्थात् खेलको ७२ औँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गर्दै गर्दै खेलमा ३–२ को जित निश्चित गरेका हुन् ।

अन्तिम समयमा अर्थात् ७७ औँ मिनेटमा १० खेलाडीमा सीमित भएको रियलले तनावका बीच जित निश्चित गरेको हो।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ६ : ५१ बजे

गजुरेलको डेब्यू नाटक ‘महाभारत’ आजबाट

काठमाडौं – हाँस्य कलाकार मनोज गजुरेलको डेब्यू नायक ‘महाभारत’ बिहीबारदेखि

एसियन गेम क्वालिफायर खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं– एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली

चीन नेपालको सबैभन्दा ठूलो लगानीकर्ता, अन्य देशहरूको भन्दा दोब्बरले धेरै

काठमाडौं- नेपालमा लगानी गर्ने छिमेकीसहितका मुलुकहरूमा चीन अग्रस्थानमा देखिएको छ।

पोखराका अनधिकृत संरचना हटाइँदै

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न

स्वास्थ्य मन्त्रालयको प्रगति विवरण : प्रविधिमैत्री सेवादेखि आयुर्वेद र योग अभियानसम्म

काठमाडौं- सरकारले सरकारी अस्पतालहरूमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल