ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का अन्दाजी ३५ वर्षीया मीना रेग्मी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु२ख २८९४ नम्बरको ट्यांकरले भित्री सडकबाट निस्किँदै गरेको ना५५प ०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरको पछाडि सवार रेग्मीको मृत्यु भएको हो । 

सो ट्यांकरले रोकि राखेको ना ६५प ७८८३, ना५५प ८०८३ नम्बरको मोटरसाइकल र एउटा साइकललाई समेत ठक्कर दिएको थियो ।

स्कुटर चालक भरतपुर महानगरपालिका–७ का पूर्ण सापकोटा सामान्य घाइते भएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए । राप्ती नगरपालिका–७ का २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ५ : ३९ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बिहीबार

पाथीभरा दर्शन गर्न आएका एक बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई