हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट « Khabarhub

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ । आज एक औपचारिक कार्यक्रमका ३४ कोठे आधुनिक भवन उद्घाटन गरिएको हो ।

लिफ्टसहितको चारतले उक्त भवन भ्याटसहित रु सात करोड ८७ लाख ६४ हजार ७६२ को लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीसँग भएको सम्झौताबमोजिम विसं २०८० साल मङ्सिरबाट सुरु गरिएको भवन दुई वर्षको अवधिमै सम्पन्न गरिएको हो ।

लिफ्टसहितको पूर्वाधार निर्माण गरिएकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सेवाग्राहीलाई सहज पहुँच हुने अपेक्षा गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित भवन निर्माण गरिएको बताए ।

‘यसअघि आफ्नै भवन नहुँदा पुरानो स्वास्थ्यचौकीको भवन तथा भाडाका संरचनाबाट सेवा सञ्चालन गर्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘अब आफ्नै व्यवस्थित भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राहीलाई धेरै सहज हुनेछ । आजबाट एउटै भवनबाट नागरिकले सेवा लिने अवस्था बनेको छ ।’

उक्त भवन केन्द्रीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ८ : २२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह