यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित « Khabarhub

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित गरेको छ ।

माल्दिभसको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि २–१ को जित हासिल गरेको हो ।

नेपालको जितमा सुजन डङ्गोल र सुवास वमले समान एक–एक गोल गरे । यता भुटानका लागि धेनदुप ग्यालसेनले गोल फर्काए ।

खेलको पाँचौँ मिनेटमा सुजनले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५२औँ मिनेटमा सुवासले गोल गर्दै नेपाललाई २–० गोलको अग्रता बनाए ।

खेलको ८३औँ मिनेटमा भुटानका धेनदुपले गोल गर्दै खेललाई २–१ तर्फ अगाडि बढाए । त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भुटानमाथि २–१ को जित दर्ता गरायो ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ८ : २९ बजे

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको