कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु « Khabarhub

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ। दुर्घटनाका घाइतेको उद्धार गरी नजिकैका अस्पताल पुर्‍याइएको छ भने हराइरहेका चार जनाको खोजी भइरहेको उच्च अधिकारीले जानकारी दिएका छन्।

देशको सशस्त्र बलका प्रमुख ह्युगो अलेजान्ड्रो लोपेजका अनुसार ‘लकहिड मार्टिन’ कम्पनीले निर्माण गरेको ‘हर्कुलस सी-१३०’ नामक उक्त विमानमा १२८ जना सवार थिए। विमानमा वायुसेनाका ११ सदस्य, सेनाका ११५ कर्मचारी र दुई जना राष्ट्रिय प्रहरी अधिकारी रहेका थिए।

दुर्घटनास्थलमा बेपत्ताहरूको खोजी र शव संकलन कार्य जारी रहेको छ। त्यहाँका रक्षामन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको जानकारीअनुसार पेरुसँगको सीमा क्षेत्रमा रहेको पुएर्तो लेगुइजामोबाट उड्ने क्रममा उक्त विमान दुर्घटनामा परेको हो।

दमकल विभागका अधिकारी एडुआर्डो सान जुआन काल्लेजसले स्थानीय सञ्चारमाध्यम ‘काराकोल’ लाई बताएअनुसार उड्न लाग्दा धावनमार्गको अन्तिम बिन्दुतिर विमान ठोक्किएको र त्यसपछि भुइँमा खस्ने क्रममा एउटा पखेटा रूखमा अल्झिएको थियो।

खस्ने क्रममा विमानमा आगलागी भएको र भित्र रहेका विस्फोटक पदार्थ पड्किएको समेत उनले जानकारी दिए। विकट क्षेत्रमा भएको यस दुर्घटनामा स्थानीय बासिन्दाले सबैभन्दा पहिले उद्धार सुरु गरेका थिए। सार्वजनिक भएका भिडियोमा स्थानीयले घाइते सैनिकलाई मोटरसाइकलमा राखेर धुलाम्मे सडक हुँदै अस्पताल पुर्‍याइरहेको देखिन्छ।

पछि सैन्य सवारीसाधन घटनास्थल पुगे पनि भौगोलिक विकटताका कारण उद्धार कार्यमा बाधा पुगेको अधिकारीले बताएका छन्। सशस्त्र बलका प्रमुख लोपेजका अनुसार ५७ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये ३० जनाको अवस्था सामान्य रहेको र उनीहरूलाई सैनिक क्लिनिकमा राखिएको छ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १० : १९ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ