श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ « Khabarhub

श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरू कसैले पनि गगन थापाको राजीनामा माग नगरेको स्पष्ट पारेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता घिमिरेले निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टीको आन्तरिक कारण समेत रहेपनि आफूहरू लगायत अन्य शेर बहादुर देउवा निकट कसैले पनि व्यक्तिगत वा सामूहिक रुपमा राजीनामा माग नगरेको स्पष्ट पारेका हुन् ।

उनले पार्टीले सही नीति र निर्णय गर्न नसक्दा निर्वाचनमा अनपेक्षित परिणाम आएको बताए । नेता घिमिरेले पार्टीको विवाद अहिले अदालतमा रहेकाले अदालतले दिने आदेश स्वीकार्य हुने उल्लेख गरे । 

अदालतले जसको पक्षमा फैसला गर्‍यो, उसैलाई सभापति मान्न आफूहरू तयार रहेको उनले बताए। त्यस्तै उनले जसको नेतृत्वमा भए पनि पार्टीलाई महाधिवेशन उन्मुख गराउनुपर्नेमा जोड दिए । 

घिमिरेले काङ्ग्रेसको महाधिवेशनबाट पार्टीको राजनीतिक दृष्टिकोणकासाथै आर्थिक नीति, परराष्ट्र नीति लगायतमा स्पष्ट भएर अघि बढ्नुपर्ने जिकिर गरे । 

त्यस्तै नेता घिमिरेले राष्ट्रिय सरोकारका विषयमा ठूलो दल रास्वपाले आगामी दिनमा सबैलाई समेटेर अघि बढ्ने विश्वास व्यक्त गरे । अव बन्ने सरकारले उदारवादी अर्थनीतिलाई नै अवलम्बन गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ५ : ०७ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ