कर्णालीमा सात वर्षमा पाँच हजार ४६५ सवारी दुर्घटना, ८४२ जनाको मृत्यु « Khabarhub

कर्णालीमा सात वर्षमा पाँच हजार ४६५ सवारी दुर्घटना, ८४२ जनाको मृत्यु


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत । कर्णाली प्रदेशमा सात वर्षयता भएका सवारी दुर्घटनामा परी ८४२ जनाले ज्यान गुमाएका छन् । भौगलिक विकटता, साँघुरो सडक र चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको छ ।

कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार, पछिल्लो सात वर्षमा कर्णालीमा पाँच हजार ४६५ सवारी दुर्घटना भएका छन् । जसमा ८४२ जनाको मृत्यु भएको छ ।

कार्यालयका अनुसार, आर्थिक वर्ष २०७६/७७ मा २६५ वटा सवारी दुर्घटना भएका थिए । त्यस्तै, ०७७/७८ मा ३८३, ०७८/७९ मा ४९९, ०७९/८० मा ६८४, ०८०/८१ मा १४४६, ०८१/८२ मा १२३८ सवारी दुर्घटना भएका थिए । चालु आव ०८२/८३ को माघसम्म ९५० वटा सवारी दुर्घटना भइसकेका छन् । यसले कर्णालीमा सवारी दुर्घटना बढ्दो क्रममा रहेको देखाउँछ ।

कर्णालीमा आर्थिक वर्ष ०७६/७७ मा सवारी दुर्घटनामा परी ९७ जनाको मृत्यु भएको थियो । त्यस्तै, ०७७/७८ मा ९८, ०७८/७९ मा १८०, ०७९/८० मा १३१, ०८०/८१ मा ११२, ०८१/८२ मा १३९ र चालु आव ०८२/८३ को माघसम्म ८५ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालले सडक दुर्घटना न्यूनीकरण सबैको साझा दायित्व भएको बताए । आम नागरिकले ट्राफिक नियमको पूर्ण पालना नगरेसम्म दुर्घटना नियन्त्रण गर्न कठीन हुने बताए ।

‘हालसम्म दुर्घटनाको दोष केवल ट्राफिक प्रहरीलाई दिने प्रवृत्ति देखिएको छ, जुन गलत छ । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे मात्र सवारी दुर्घटना कम हुन्छ,’ रिजालले भने, ‘ट्राफिकलाई दोष दिएर समस्या समाधान हुँदैन ।’

यातायात व्यवसायीलाई समेत जिम्मेवार बन्न उनले आग्रह गरे । सुरक्षित सवारी सञ्चालन र यात्रु सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ छ । विगतमा ट्राफिक प्रहरीबाट भएका कमजोरीको समीक्षा गर्दै त्रुटि दोहोरिन नदिने योजना रहेको रिजालले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ९ : ०५ बजे

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज – बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा