कांग्रेस बैठक: सभापति थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै « Khabarhub

कांग्रेस बैठक: सभापति थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यले विभिन्न एजेन्डामाथि आफ्नो धारणा राख्ने क्रम जारी छ । हिजोको बैठकमा सभापित गगनकुमार थापाले आगामी २०८३ भदौ २४ देखि २६ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् । आजको बैठक मुख्य गरी सोही कार्यतालिका र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुनेछ ।

बैठकमा सुशासन स्थापना, संविधान संशोधनका लागि विज्ञसहितको अध्ययन समिति गठन र केन्द्रीय निर्वाचन समिति निर्माणका विषयमा छलफल भइरहेको छ ।

त्यस्तै, प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण एवं अद्यावधिक गर्ने विशेष अभियान, प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन समीक्षा जस्ता विषय पनि कार्यसूचीमा छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ७ : ११ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले