प्रदेश प्रमुख पदमुक्त गर्ने निर्णय अनुदार लोकतन्त्रको अर्को उदाहरण– साझा पार्टी « Khabarhub

प्रदेश प्रमुख पदमुक्त गर्ने निर्णय अनुदार लोकतन्त्रको अर्को उदाहरण– साझा पार्टी


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सात वटै प्रदेश प्रमुख पदमुक्त गर्ने निर्णयप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हालको प्रतिपक्षी दल नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले नियुक्त गरेकै कारण प्रदेश प्रमुख पदमुक्त गरिनु अनुदार लोकतन्त्रको अर्को उदाहरण भएको पनि साझा पार्टीको भनाइ छ ।

साझा पार्टीले सरकारको उक्त निर्णय पूर्वाग्रह र दुराग्रहपूर्ण भएको उल्लेख गर्दै यसले भविष्यका लागि गलत नजिर स्थापित गर्ने गैरराजनीतिक कदम भएको जनाएको छ ।

‘यस्तो रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन सक्दैन,’ साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

‘दुई(तिहाई समर्थन प्राप्त शक्तिशालि सरकारले देशलाई विकास र संवृद्धिको मार्गमा डोर्याउन गर्नु पर्ने अनगिन्ति कामहरू छन् तर सरकार बारम्बार देशको रूपान्तरणका प्रमुख मुद्दाहरूमा प्रवेश नै नगरि ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झैँ तपशीलका विषयहरूमा अल्झिनु अत्यन्तै खेदजनक विषय हो,’ प्रवक्ता आचार्यद्वार जारी विज्ञप्तमा अगाडि भनिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  २ : ५१ बजे

इरानी सर्वोच्च नेताद्वारा पूर्वाधार पुनःस्थापना अभियानको आह्वान

तेहरान- इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको

पूर्वयुवराज पारसको मुटुमा राखिएको ‘ब्याट्री’ फेरियो

काठमाडौं- पूर्वयुवराज पारस शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी)

घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

चितवन– राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको

आर्टेमिस–२ : चन्द्र यात्रामा मानवको पुनरागमन

एजेन्सी– आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ ।

गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले हेलो सरकारबाट प्राप्त हुने गुनासो