दक्षिणी लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु, ३४ घाइते « Khabarhub

दक्षिणी लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु, ३४ घाइते


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी लेबनानका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा बुधबार छ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको लेबनानको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टायर सहरको अल–कलामलाई लक्षित गरी गरेको हवाई आक्रमणको कारण  २४ जना घाइते भएको मन्त्रालयले जनाएको छ । देशको दक्षिणमा रहेको आवासीय अपार्टमेन्टमा भएको हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको हुनुका साथै अन्य चार जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

एड्लुनको सिडोन जिल्लामा भएको इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको जनाइएको छ । टायर जिल्लाको अल–क्लैलाहा सहरलाई लक्षित गरी गरिएको अर्को आक्रमणमा पाँच जना घाइते भएको उल्लेख छ ।

मानवीय र सुरक्षा अवस्था बिग्रँदै गएको चेतावनीसहित दक्षिणी क्षेत्रमा जारी तनावको बिचमा यी हवाई आक्रमणहरू भएका हुन् । 

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ४ : २३ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको