इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु « Khabarhub

इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिमी इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु भएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ ।  

गत फेब्रुअरी – २८ मा इरानविरुद्ध अमेरिका र इजरायली आक्रमणले भड्काएको युद्ध हाल इराकको आधिकांश भागमा फैलिएको छ । 

इरान समर्थक सशस्त्र समूहहरूले अमेरिकी संरचनामा भएका आक्रमणहरूको जिम्मेवारी लिइसकेका छन् ।

 रक्षा मन्त्रालयले अनबर प्रान्तको आधारमा भएको आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु भएको हुनुका साथै अन्य १३ जना घाइते भएको बताएको छ ।

आक्रमणले आधारको सैन्य स्वास्थ्य क्लिनिकलाई पनि लक्षित गरेको मन्त्रालयले पुष्टि गरेको छ ।

सुरक्षा अधिकारीलाई उदृत गर्दै एएफपीले मृत्यु हुनेहरू मध्ये एक सैन्य डाक्टर पनि रहेको जनाएको छ । यस अघि इराकको आधार शिविरमा मङ्गलबार भएको आक्रमणमा एक कमान्डरसहित १५ जना पिएमएफ लडाकु मारिएका थिए ।

पेन्टागनले वर्तमान द्वन्द्वको समयमा इराकमा इरान समर्थक सशस्त्र समूहहरू विरुद्ध लडाकु हेलिकप्टरहरूले आक्रमण गरेको स्वीकार गरेको छ ।

बगदादले विदेशी सैनिक र कूटनीतिक मिसनहरूलाई लक्षित आक्रमणका साथै पिएमएफका स्थानहरू विरुद्ध आक्रमणको निन्दा गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ५ : ०१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली