सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिकाका छ वटा तथा दुहवी नगरपालिका र गढी गाउँपालिकाका एकएक गरी जिल्लाका आठ वटा कृषि फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा सुनसरीका प्रमुख डा मनोजकुमार महतोले बताए ।
उनका अनुसार इटहरी–१९ स्थित ओकेओ कृषि प्रालिमा रहेका ११ हजार २० कुखुरा र ११ हजार ३०० अण्डा नष्ट गरिएको छ । यस्तै, गढी गाउँपालिका–५ को सञ्जित कृषि फार्ममा ४२१, इटहरी–११ को आलम कृषि फार्ममा ५५०, इटहरी–१८ को रानी कृषि फार्ममा एक हजार ९३० ९लेयर्स र गिरिराज० तथा इटहरी–१७ को लक्ष्मी पोल्ट्री फार्ममा ५१० कुखुरा र ५२० अण्डा नष्ट गरिएको छ ।
यसैगरी, इटहरी–१९ को प्रभु कृषि फार्म, दुहवीस्थित सुनसरी कृषि फार्म र इटहरी–१८ को साझा ह्याचरीमा पनि सङ्क्रमण देखिएको छ ।
सङ्क्रमण नियन्त्रणका लागि पक्षीजन्य वस्तुको आयातनिर्यातमा नियन्त्रण गरिएको र प्रभावित क्षेत्रमा कुखुरा तथा अण्डाको बिक्री वितरणमा रोक लगाइएको डा महतोले जानकारी दिए ।
हालसम्म फार्म सञ्चालकले बाह्य आयात नगरेको बताए पनि अण्डा तथा दाना ढुवानी गर्ने सवारीसाधनबाट सङ्क्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।













प्रतिक्रिया