जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए « Khabarhub

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो । यीमध्ये २४ जनाको भने आन्दोलनकारीबाटै मारिएको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आन्दोलनकारीबाटै मारिएका भनिएका २४ जनामा एक विदेशी पनि छन् । हायात होटलमा भारतीय नागरिको मृत्यु भएको थियो। त्यस्तै आन्दोलनकारीको कुटपिटबाट तीन प्रहरीको मृत्यु भएको थियो। ५ जनाको भने विभिन्न भवनमा जलेर ज्यान गएको थियो ।

निजी प्रतिष्ठानमा काम गर्ने कर्मचारी र सर्वसाधारण गरी ३ जनाको पनि आन्दोलनकारीको आगलागीमा परेर मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । भाटभटेनीमा जलेको अवस्थामा फेला परेका १२ जनाको भने अझै सनाखत हुन सकेको छैन ।

प्रहरीको गोली लागेर ४२ जनाको मृत्यु भएको थियो । १० जना कैदीबन्दीको भाग्ने क्रममा गोली प्रहारबाट ज्यान गएको थियो।

यी मध्ये तीन प्रहरी र प्रहरीको गोली लागि ज्यान गुमाएका ४२ जनालाई सरकारले सहिद घोषणा गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १० : १९ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।