८५ वर्षमा संसार देखेपछि… « Khabarhub

८५ वर्षमा संसार देखेपछि…


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तरार्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा थिएन । विगत सात वर्षदेखि उनको संसार अन्धकारमा बितेको थियो ।

छोराहरूले वास्ता गरेनन् । सहारा दिने छोरीकोसमेत मृत्यु भएपछि उनी झनै बेसहारा भएका थिए। तर, आफ्नै आँगनमा सञ्चालित आँखा शिविरले उनको देब्रे आँखाको मोतियाविन्दु हटाइदिएपछि उनले पुनर्जन्म पाएझैँ अनुभूति गरेका छन् ।

‘आँखा नदेखि नै मर्छु जस्तो लागेको थियो, अहिले छयाङ्गै देख्न पाउँदा साह्रै खुसी लागेको छ’, सदायले हर्षका आँसु पुछ्दै भने । सदाय मात्र होइन, मिर्चैया–१ का ८२ वर्षीय गोपाल कापर र ७३ वर्षीया एकल महिला जानकीदेवी साहको कथा पनि उस्तै छ । जानकी देवीको आँखामा लागेको ‘बादल’ जस्तो मोतियाविन्दु पनि शिविरमा उपचार गरी हटाइएको छ । उनले अब आफ्नो दैनिकी चलाउन सजिलो हुने बताए ।

मिर्चैया नगरपालिका र तिलगङ्गा आँखा अस्पतालको सहकार्यमा यही चैत २ गतेदेखि ८ गतेसम्म चलेको बृहत् आँखा शिविरमा ३१२ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो । नगरका सबै वडा र मिर्चैया अस्पतालमा गरिएको ‘स्क्रिनिङ’का क्रममा चार हजार ५५० जनाले सेवा लिएका थिए ।

तिलगङ्गा आँखा अस्पतालका नेत्र अधिकृत वासुदेव अधिकारीका अनुसार अस्पतालमा यही उपचार गराउँदा शल्यक्रिया शुल्क, औषधि र आवतजावत गर्दा करिब २८ देखि ३० हजार रुपैयाँ खर्च हुन्छ । विपन्न परिवारका लागि यो ठूलो रकम हो । तर आँखा शिविरमा निःशुल्क शल्यक्रिया गरिएको हो ।

नगरभित्रका दलित, विपन्न र वृद्धवृद्धा आँखाको समस्याले पीडित भएको जानकारी पाएपछि विशेष पहल गरेर शिविर सञ्चालन गरिएको नगर प्रमुख श्रवणकुमार यादवले बताए ।

स्वास्थ्य शाखा प्रमुख राजनकुमार साहका अनुसार बिरामीको एक रुपैयाँ पनि खर्च नहुने गरी शल्यक्रिया, औषधि र चश्मासमेत निःशुल्क वितरण गरिएको छ । आर्थिक अभावले दृष्टि गुमाउन बाध्य भएका मिर्चैयाका सयौँ नागरिकका लागि यो शिविरले जीवनमा उज्यालो दिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १० : ४१ बजे

केराको बोट सुक्न थालेपछि किसान चिन्तित

म्याग्दी – जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न

रवि र शिशिरले भनेजस्तै नेपाल-भारत सम्बन्ध ‘रिसेट’ भएकै हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणबाट

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

काठमाडौं– सोमबारदेखि निजामती कर्मचारीले पाउने स्वास्थ्यसम्बन्धी सेवासुविधा चितवनको भरतपुर अस्पताल

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

सिद्धार्थनगर– गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ जान लागेका एक भारतीय नागरिकका साथबाट