रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने « Khabarhub

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे दलको कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपा संसदीय दलको नेता चयनसम्बन्धी विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । रास्वपाको विधानमा दलको नेता चयनसम्बन्धी केही संशोधन गर्नुपर्ने भएकाले केन्द्रीय समितिले उक्त कुरा टुंग्याउन लागेको हो ।

बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ ।

रास्वपाले विधान संशोधनको काम सकिएपछि संसदीय दलको बैठकबाट प्रधानमन्त्रीका दावेदार वरिष्ठ नेता बालेन शाहलाई दलको नेता चयन गर्नेछ ।

बालेन शाह दलको नेता चयन भएपछि रास्वपाले राष्ट्रपति कार्यालयलाई जानकारी गराउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेतालाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रतक्ष्यतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरि १८२ सिटमा जीत हासिल गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ७ : ३२ बजे

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौं- सङ्घीय संसद्का सांसदले निजी स्वकीय सचिव राख्ने सम्बन्धमा भएको

सरकारमाथि अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आरोप : सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब दिइयो, महाभियोग लगाउन खोजियो

काठमाडौं– तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप

दश अर्ब राजस्व सङ्कलन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई