सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी « Khabarhub

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ नेता बालेन्द्र शाहले भोलि प्रधानमन्त्री पदको शपथ लिँदैछन् । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले भोलि नै सिंहदरबारमा पुगेर प्रधानमन्त्रीको पदवाहली गर्नेछन् ।

बालेनले सिंहदरबारमा आफ्नो आसन पनि वास्तुशास्त्रअनुसार हेरफेर पारेका छन् । उनले विगतका प्रधानमन्त्रीको आसन परिवर्तन गरिएको छ । बालेन बस्ने कुर्सी उत्तर फर्काइएको छ ।

बालेनको आसन मिलाउन वास्तुविज्ञलाई लिएर सहसचिव प्रदीप परियार र बालेनका विश्वास पात्र कुमार बेनसहितको टोली सिंहदरबार पुगेको थियो । परियार बालेन काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदाका प्रमुख प्रशासकीय अधिकृत थिए ।

उक्त टोलीले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द कार्कीसमक्ष मन्त्रिपरिषद् बैठक हलको सेटअप, प्रधानमन्त्रीले डिप्लोम्याटसँग भेट गर्ने आसन र बालेन बस्ने कुर्सी तथा ठाउँ परिवर्तन भनेको थियो । सोहीअनुसार काम गरिएको छ ।

प्रधानमन्त्रीको कार्यकक्षमा आजबाट मुख्यसचिव र सचिवको अनुमतिबिना प्रवेश गर्न रोक लगाइएको बताइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ११ : १८ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।