अर्थमन्त्रीले भने : टुक्रा-टुक्रा काम गरेर अर्थतन्त्रलाई चलायमान बनाउन सकिँदैन « Khabarhub

अर्थमन्त्रीले भने : टुक्रा-टुक्रा काम गरेर अर्थतन्त्रलाई चलायमान बनाउन सकिँदैन


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेसँगै देशको अर्थतन्त्रको शिथिलताप्रति चिन्ता व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहणका क्रममा उनले यस्तो बताएका हुन् । उनले पहिलो निर्णयस्वरूप देशको पछिल्लो आर्थिक अवस्था अध्ययन तथा विश्लेषण गर्न कार्यदल गठन गरेका छन्।

‘अहिले अर्थतन्त्रको जुन शिथिलता छ, केही सकारात्मक अवस्था छ, राजस्व चुनौतीपूर्ण अवस्थामा छ, बैङ्क डिपोजिट बढेको छ, आन्तरिक सिथिलता चिर्नु छ’, उनले भने, ‘नेपालको अर्थतन्त्र वृद्धि, रुपान्तरणकारी बजेटको तयारीमा अब हामी जुट्छौँ, अब टुक्रा टुक्रा काम गरेर भएन, प्रणालीगत समस्या धेरै छन, धेरै जेलिएका छन् । सिस्टम अधिक नियमनको बनायौँ, अर्थतन्त्र चलायमान बनाउन उत्प्रेरणासहितका समस्या सल्टाएर अगाडि जानू छ ।’

उनले अब धमाधम समस्याको समाधानमा जानुपर्ने बताएका छन् । ‘जनताले त्यो काम गर्ने हैसियत हामीलाई दिएका छन । यसमा हामी इमानदार प्रयास गर्ने छौँ’, उनले भने, ‘यो सिस्टम सुधारमा केही समय लाग्छ, धैर्यधारण गर्नुहोला, आजै बस्ने क्याबिनेटबाट पनि केही न केही महत्त्वपूर्ण निर्णय हुँदैछ ।’

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : २१ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले