थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालत जाने | Khabarhub Khabarhub

थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालत जाने


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबरजस्ती करणी उद्योग (प्रयास) मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सभामुख कृष्णबहादुर महरा एक तह पुनरावेदन सुन्ने (उच्च अदालत)मा जाने भएका छन् ।

फौजदारी कार्यविधी संहिताको दफा (७३) अनुसार महराले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिने भएका हुन् ।

महराको पक्षबाट कानून व्यवसायी रहेका पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पुनरावेदन सुन्ने अदालतमा निवेदन दिइने बताए ।

मुलुकी फौजदारी कार्यविधी संहिताको दफा (७३) मा थुनछेक वा तोकिएको धरौट, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ ।

प्रारम्भिक अदालतले जारी गरेको थुनछेक आदेश बेरित (रितपूर्वक) नभएको देखिएमा एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा चित्त नबुझेको पक्षले पुनरावेदन गर्न सकिने कानूनी व्यवस्था रहेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता चन्द्रकान्त खनालले खबरहबसँग बताए ।

‘फोजारी कार्यविधि संहिताको ७३ नम्बरमा थुनछेक आदेशमा चित्त नबुझेको पक्षले एक तहसम्मको पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ,’ खनालले खबरहबसँग भने ।

महराका कानून व्यवसायी श्रेष्ठले काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेश अध्ययन गरेर बेरितको लागे पुनरावेदनका लागि निवेदन दिइने जानकारी दिए ।

‘यस विषयमा अहिले छलफल चलिरहेको छ । अदालतको आदेश पनि अध्ययन गर्न पाइएको छैन,’ श्रेष्ठले खबरहबसँगको कुराकानीमा भने, ‘अदालतको आदेश अध्ययन गरेपछि पुनरावेदन सुन्ने अदालतमा जाने भन्ने कुरा हुन्छ ।’

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : ५१ बजे

कर्ण थापा भन्छन्- पूर्वराष्ट्रपति राजनीतिमा आइसक्नु भयो, पार्टीले उचित निर्णय लिनेछ

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी

अन्तरचक्षुको आवाज– भाँडा बजेको ध्वनि पछ्याउँदा संगीत भेटेँ

काठमााडौं– जन्मजात दृष्टिविहीन मोरङका रमेश सुवेदीलाई नेता बनेर देशको सेवा गर्ने

ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई २३ देखि

बैतडीको अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया

दशरथचन्द– यहाँस्थित जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ ।