चीनको जातीय एकता कानुनबाट अल्पसङ्ख्यक समुदायमा चिन्ता « Khabarhub

चीनको जातीय एकता कानुनबाट अल्पसङ्ख्यक समुदायमा चिन्ता


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको राष्ट्रिय जनकांग्रेसले जातीय एकता कानुन पारित गरेपछि अल्पसङ्ख्यक समुदायमा चिन्ता पैदा भएको छ । १.४ अर्ब जनसंख्या भएको चीनमा ५६ वटा जातीय समूह रहेका छन् ।

यसमध्ये हान चिनियाँहरूको सङ्ख्या सबैभन्दा धेरै अर्थात् ९२ प्रतिशत छ। अन्य प्रमुख समूहहरूमा उइगुर (११.७ मिलियन), हुई मुस्लिम (११.४ मिलियन), तिब्बती (७.१ मिलियन) र मंगोल (६.३ मिलियन) पर्दछन् ।

कानुनको पहिलो धाराले चिनियाँ समुदायमा एकताको बलियो भावना जगाउने लक्ष्य राखेको छ । यसमा कानुन उल्लङ्घन गर्नेलाई छुट्टै सजाय तोकिएको छैन । बरु, हिंसात्मक वा चरमपन्थी गतिविधि गरेमा प्रचलित फौजदारी कानुन अनुसार कारबाही गरिने उल्लेख छ ।

तर, आलोचकहरूले भने यो कानुनप्रति आशंका व्यक्त गरेका छन् । उनीहरूका अनुसार यसले अल्पसङ्ख्यकको सांस्कृतिक मागलाई ‘विखण्डनवाद’ को रूपमा व्याख्या गर्ने बाटो खोल्नेछ ।

विशेष गरी सिन्जियाङ र तिब्बतमा दमन बढ्न सक्ने उनीहरूको तर्क छ । यस कानुनले शिक्षा र सरकारी कामकाजमा ‘मन्दारिन’ भाषालाई अनिवार्य गरेको छ ।

अब विद्यालयहरूले राष्ट्रिय भाषामा नै पढाउनुपर्नेछ । यसबाट अल्पसङ्ख्यकका आफ्नै भाषा र लिपि संकटमा पर्ने देखिएको छ । सन् २०२० मा भित्री मंगोलियामा यस्तै भाषिक नीतिको विरोधमा ठूलो प्रदर्शन भएको थियो ।

राजनीतिक रूपमा पनि सबै जातिलाई कम्युनिष्ट पार्टी र चिनियाँ समाजसँग जोड्न खोजिएको छ। यसले विविधताभन्दा पनि ‘हान’ राष्ट्रवादलाई बढावा दिने विज्ञहरूको विश्लेषण छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ६ : १६ बजे

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य