पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ « Khabarhub

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई पक्राउ गरेको छ ।

सीआईबीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा ब्युरोले उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

पूर्व ऊर्जामन्त्री रहेका खड्काको घरमा भदौ २४ गते जेनजी आन्दोलनकाक्रमा आगजनी हुँदा अवैध पैसा भेटिएको थियो । खड्कामाथि लैनचौरस्थित नेपाल स्काउटको जग्गा र भवन कब्जा गरेको अभियोग छ ।

खड्का नेतृत्वको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ ले स्काउटको करिब १२ रोपनी जग्गा वर्षौँदेखि गैरकानुनी रूपमा प्रयोग गर्दै आएको दाबी सीआईबीको छ । सम्झौता सकिए पनि जग्गा खाली गर्न अटेर गरेको र भाडाबापतको करोडौँ रकम नतिरेको भन्दै स्काउटले उनीविरुद्ध उजुरी दिएको थियो ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा ऊर्जामन्त्री रहेका खड्कामाथि सार्वजनिक सम्पत्ति हडपेको र पदको दुरुपयोग गरेको विषयमा लामो समयदेखि छानबिन भइरहेको थियो । यसअघि नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उक्त जग्गामा रहेका संरचना सिल गरेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ८ : ३५ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा