सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात « Khabarhub

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको छ । 

गत आवको सोही अवधिका तुलनामा चालु आवको सोही अवधिमा भने यो नाकाबाट नौ अर्ब ९४ करोड रुपैयाँ बढीको निर्यात भएको छ । गत आवको सात महिनामा भने ५६ अर्ब ५४ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा समान विदेशी मुलुक निर्यात भएको थियो । 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै हुने निर्यातमा सुधारोन्मुख रहेको बताए। चालु आवको सात महिनामा ३५ अर्ब ५८ करोड रुपैयाँ मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । 

चार अर्ब ९७ करोड रुपैयाँ मूल्य पर्ने फलफूलको जस निर्यात भएको छ । चार अर्ब ५८ करोड रुपैयाँ मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । 

तीन अर्ब ७७ करोड रुपैयाँ मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ भने दुई अर्ब ३३ करोड रुपैयाँ मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ । एक अर्ब ५८ करोड रुपैयाँ मूल्य पर्ने सिन्थेटिक थार्न निर्यात भएको छ । 

चालु आवको पाँच महिनामा पाँच खर्ब ९५ अर्ब ४६ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान भित्रिएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा ५८ अर्ब ९१ करोड रुपैयाँ अर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ । 

गत आवको सात महिनामा भने पाँच अर्ब ३६ करोड ५५ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो । 

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १२ : ५६ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०