एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ « Khabarhub

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको घोषणा गरेको एमालेको आन्दोलनमा सीमित कार्यकर्ताको मात्रै सहभागिता देखिएको छ ।

पार्टी केन्द्रको तर्फबाट नै घोषणा गरिएको आन्दोलनमा पार्टी र जनवर्गीय संगठनका नेताहरूको सहभागिता भने देखिएको छैन । जसले गर्दा थोरै सहभागितामा निषेधित क्षेत्रमा गरिएको आन्दोलनमा धेरै कार्यकर्ता घाइते भइरहेका छन् ।

शनिबार बिहान पार्टी अध्यक्ष केपी ओली गिरफ्तार परेपछि पार्टी सचिवालयको बैठक बसेर निर्णय गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नै आन्दोलनका कार्यक्रमको सार्वजनिक गरेका थिए । साथै, अन्य पार्टीसँगको संवाद र कानुनी लडाइँका लागि पनि एमालेले कार्यविभाजन गरेको थियो । 

तर, आन्दोलनमा अध्यक्ष ओली बाहेकका १७ जना पदाधिकारीमध्ये कोहीपनि सहभागी भएका छैनन् । त्यस्तै, महासचिव पोखरेलले जनवर्गीय संगठनहरूको नेतृत्वमा आन्दोलन हुने भनिएकोमा कुनैपनि जनवर्गीय संगठनका नेता कार्यकर्ता पनि सडकमा देखिएका छैनन् ।

शनिबार काठमाडौंका बानेश्वरदेखि माइतीघरसम्म र चावहिल क्षेत्रमा प्रदर्शन गरेको एमालेको प्रदर्शन आइतबार बबरमहल र माइतिघर क्षेत्रमा मात्रै झण्डै २ सय जनामा खुम्चिएको थियो । विशेषगरी पार्टीमा पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे पक्षले सडक आन्दोलनमा लाखौँ कार्यकर्ता उतार्न नहुने भन्दै दिएको अभिव्यक्ति र पार्टी नेतृत्व घरमै बसेर आन्दोलन गर्दा एमालेको आन्दोलन थप खुम्चिँदै जानसक्ने पनि देखिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १२ : २४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा