रानीवासमा महिला सामुदायिक भवन निर्माण « Khabarhub

रानीवासमा महिला सामुदायिक भवन निर्माण


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज भएको छ । विशेषगरी महिलाका लागि लक्षित गरी निर्माण गरिएको उक्त भवनले गाउँस्तरमा हुने नियमित भेला, छलफल तथा कार्यक्रमलाई व्यवस्थित बनाएको छ ।

रानीवासका महिलाले हरेक महिना टोल तथा महिला समूहको बैठक सञ्चालन गर्दै आएका छन् । उपयुक्त स्थानको अभावका कारण कहिले खुला स्थानमा त कहिले निजी घरमा भेला बस्नुपर्ने बाध्यता रहेको अहिले सहजता भएको स्थानीयसी रामप्रसाद सुवेदीले जानकारी दिए । यहाँ भवन निर्माण गर्नका लागि करिब रु सात लाख बजेट खर्च भएको उनको भनाइ छ । 
    
भवन नहुँदा वर्षायाम तथा प्रतिकूल मौसममा भेला तथा छलफल सञ्चालन गर्न झन् कठिन हुने गरेको थियो । तर अहिले सामुदायिक भवन निर्माण भएसँगै अब उनीहरूलाई नियमित बैठक, सीपमूलक तालिम, सचेतनामूलक कार्यक्रम, बचत तथा ऋण समूहका गतिविधि सञ्चालन गर्न सहज भएको छ । 

यसले महिलाको सहभागिता वृद्धि हुनुका साथै उनीहरूको क्षमता विकास र नेतृत्व विकासमा सकारात्मक प्रभाव पारेको वडाध्यक्ष कुमार विष्टले बताए । यहाँ सामुदायिक भवन निर्माणका लागि वडाले आवश्यक सहयोग गरेको उनको भनाइ छ । 
    
सामुदायिक भवन स्थानीय तहको सहयोग तथा समुदायको सक्रिय सहभागितामा निर्माण सम्पन्न गरिएको हो । स्थानीय अगुवाहरूका अनुसार भवन निर्माणले महिला सशक्तीकरणमा महत्त्वपूर्ण टेवा पुर्‍याउनेछ । अब महिलाहरूले आफ्ना समस्या, योजना र अवसरबारे खुला रूपमा छलफल गर्न पाउने वातावरण सिर्जना भएको छ । साथै, गाउँमा सञ्चालन हुने अन्य सामाजिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमका लागि यो भवन उपयोगी बनेको छ । 
    
दीर्घकालीन रूपमा यस भवनले गाउँको सामाजिक एकता मजबुत बनाउने र स्थानीय तहका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न महत्त्वपूर्ण आधार तयार गर्ने स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  २ : ०८ बजे

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट

महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको

ऊर्जा सुधारमा सरकारको जोड : १८० दिनभित्र पीपीए टुङ्ग्याइने

काठमाडौं– सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय

विदेशबाटै समानान्तर कांग्रेस चलाउँदै देउवा

काठमाडौं- गत पुसमा विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चुन्यो ।