सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’   « Khabarhub

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ हब’ को उद्घाटन गरेको छ ।

ललितपुरस्थित एक्सप्लोरर इन्टरप्राइजेज एण्ड कन्स्ट्रक्सन प्रा. लि र काठमाडौंस्थित सेरा नेपाल ट्रेडिङ हाउस प्रा. लि. मा ‘सेरा सल्टाइ ग्यालरी’ तथा काठमाडौंस्थित शुभ शक्ति बिजनेस प्रा. लि., वीरगञ्जस्थित जय नेपाल सेनेटरी, र भैरहवास्थित चैतन्य इन्जिनियरिङ एण्ड ट्रेड प्रा. लि. मा ‘सेरा सल्टाइ हब’ सञ्चालनमा ल्याइएको हो।

उद्घाटन समारोहमा सेराका प्रेसिडेन्ट–सेल्स सन्दीप अब्राहमको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कम्पनीका पदाधिकारीहरू, प्रतिष्ठित आर्किटेक्टहरू, डेभलपरहरू तथा च्यानल साझेदारहरूको उपस्थिति रहेको थियो ।

यी नयाँ शोरूमहरूले सेरा लक्ससहित सेराका उत्पादनहरूलाई एउटै छानामुनि प्रस्तुत गर्दै उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेका छन् । कम्पनीका अनुसार आधुनिक र परिष्कृत डिजाइनमा तयार गरिएका यी स्पेसहरूले ग्राहकलाई केवल अवलोकन मात्र होइन, आफ्ना बाथरूमका कल्पनाहरूलाई साकार पार्न प्रेरित गर्ने वातावरण सिर्जना गर्छन्।

सेराकी उपाध्यक्ष तथा संयुक्त प्रबन्ध निर्देशक दीप्तिशिखा खेतानले भनिन्, ‘सल्टाइ ग्यालरी र सल्टाइ हबमार्फत हामीले आर्किटेक्ट, इन्टेरियर डिजाइनर र ग्राहकहरूलाई केवल उत्पादन हेर्ने होइन, कल्पना गर्ने र सिर्जना गर्ने स्पेस प्रदान गर्ने लक्ष्य राखेका छौं । यसले उत्कृष्ट डिजाइन, उच्च गुणस्तरको निर्माण र नवप्रवर्तनलाई एउटै स्थानमा समेट्दै आधुनिक बाथरूमका लागि नयाँ मापदण्ड स्थापित गर्छ।’

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ३ : १७ बजे

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने