भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’ « Khabarhub

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि आयोजनामा कर्मचारीले अतिरिक्त शुल्क (कमिशन) मागे आफूलाई जानकारी गराउन निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले आइतबार सर्कुलर जारी गर्दै मन्त्रीसँग भएको छलफलपछि सदस्यहरूलाई अतिरिक्त रकम नदिन निर्देशन दिएको हो ।

अध्यक्ष रवि सिंह नेतृत्वको टोलीसँगको भेटमा पूर्वाधार विकासमा हुने अनियमितता र गुणस्तरीय काममा देखिने अवरोधबारे छलफल भएको थियो ।

निर्माण व्यवसायीहरूले काम सम्पन्न गरेपछि पनि भुक्तानी पाउन ढिलाइ हुने र बिल पास गराउन प्रतिशतका आधारमा कमिसन दिनुपर्ने दबाब रहेको गुनासो गरेका छन् ।

‘भुक्तानी प्रक्रियामै अनावश्यक झन्झट र अतिरिक्त रकम माग्ने प्रवृत्ति रहेको छ,’ व्यवसायीहरूले भनेका छन् ।

महासचिव रोशन दाहालद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ, ‘अबका दिनमा निर्माणाधीन आयोजनासँग सम्बन्धित कुनै तहका सरकारी अधिकारीलाई अतिरिक्त शुल्क नदिन मन्त्रीज्यूबाट निर्देशन प्राप्त भएको छ ।’

मन्त्री लम्सालले ‘कसैले पनि कामको सिलसिलामा अतिरिक्त रकम मागे तुरुन्त जानकारी दिनू, कारबाही हुन्छ’ भन्दै काम समयमै सम्पन्न गर्न र गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ३ : २६ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स