पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारी आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बुझेकी हुन्। यसबारे जानकारी पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले दिए। भण्डारीले चिकित्सकसँग पनि ओलीको स्वास्थ्य सम्बन्धी विवरण लिएकी थिइन्।

अध्यक्ष ओलीलाई गत भदौ २३ र २४ गतेको जनजीव विरोध आन्दोलनको छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा रहेको आयोगले दिएको सिफारिस कार्यान्वयनको सिलसिलामा गत शनिबार पक्राउ गरिएको थियो। 

पक्राउपछि उनलाई आवश्यक उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ३ : ५६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा